२०८३ असार ४ गते , विहीबार

इलामको रोङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरा गम्भीर घाइते

sajilo news
झापा
२०८१ फाल्गुन ९ गते , शुक्रबार
इलामको रोङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरा गम्भीर घाइते

इलामको रोङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुबाछोरा गम्भीर घाइते भएका छन् । आज साँझ ६ः४० बजे रोङ गाउँपालिका– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल .चालक सूर्योदय- ६ खादीगाउँ बस्ने वर्ष अन्दाजी ४० का दीर्घ राई र पछाडि सवार उनका बुबा वर्ष अन्दाजी ७० का पन राई गम्भीर घाइते भएका छन् । दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

मोटरसाइकल ,टिपर, टिपर चालक माईजोगमाई –२ शान्ति चोक बस्ने वर्ष अन्दाजी ३० का खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार