एकैदिन लागु औषधसहित १२ जना पक्राउ
कोशी प्रदेशको विभिन्न स्थानहरूबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलबारी-८ का २९ वर्षीय श्याम पुकार साह र २२ वर्षीय संगम महत्तोलाई ब्राउन सुगर ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।
त्यस्तै झापाको बिर्तामोड नगरपालिका-५ बाट ३१ वर्षीय मोहम्मद कलिम, २४ वर्षीय मोहम्मद अलि, बिर्तामोड-४ का ३८ वर्षीय गोपाल क्षेत्री, बिर्तामोड-३ का २९ वर्षीय सुदिप विश्वकर्मालाई ४५० ग्राम गाँजा सहित अस्थायी प्रहरी पोस्ट बसपार्कले र कमल गाउँपालिका-४ का १८ वर्षीय प्रितम चम्लागाँईलाई निषेधित औषधी ९२ चक्की सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानले धरान-१५ का २३ वर्षीय मन्दिप राई, २५ वर्षीय सन्दीप राई र २२ वर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्की सहित र इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका-११ का २९ वर्षीय आनन्द देव चौधरीलाई २७ एम्पुल निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानीले प्रतिबन्धित औषधी १८० एम्पुल सहित खोटाङ लिच्किराम्चे-९ का २४ वर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।