२०८३ असार ४ गते , विहीबार

प्रधानमन्त्रीलाई बालेनले भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !

sajilo news
झापा
२०८१ फाल्गुन ९ गते , शुक्रबार
प्रधानमन्त्रीलाई बालेनले भने, नेपाली भएर बाँच्ने आधार त दिनुस् !

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै  स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन्।

‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले आफूलाई महानगरपालिकाकाो मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भनेका छन्।

हेर्नुहोस् उनको फेसबुक स्ट्याटस-

सम्बन्धित समाचार