२०८३ असार ४ गते , विहीबार

सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, उदयपुरमा बस र ट्रक ठोक्किँदा २२ जना घाइते

sajilo news
झापा
२०८१ फाल्गुन ९ गते , शुक्रबार
सङ्खुवासभामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, उदयपुरमा बस र ट्रक ठोक्किँदा २२ जना घाइते

सङ्खुवासभामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे सङ्खुवासभा सभापोखरी-६ स्थित भित्री सडक खण्डअन्तर्गत हन्सिगाउँनजिकै बाह्रबिसेबाट आपुङ्गतर्फ जाँदै गरेको भे २ त १९२९ नं को बालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई बाटोदेखि अन्दाजी ६० मिटर तल खोल्सीमा झरेर दुर्घटना भएको हो । दुर्घटनामा चालक सङ्खुवासभा चैनपुर ६ बस्ने अन्दाजी वर्ष १८ का रबी बराइलीको मृत्यु भएको हो । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा ल्याई उपचार गराउने क्रममा राति ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति ८ बजेतिर उदयपुरको उदयपुर गढी ७ अधेरीमा गाईघाटबाट बारा जाँदै गरेको ना.०८ ख २४०४ नम्बरको ट्रक र विपरीत दिशा बाराबाट गाईघाट जन्ती लिएर आउँदै गरेको बा ०६–००१ख०१९५नम्बरको बस एक आपसमा ठोक्किँदा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । बारा जिल्ला बरागढी ४ बस्ने वर्ष ४५ का श्रीराम वछार , सोही ठाउँका वर्ष ५५ का बलिराम चौधरी, वर्ष २६ का दीपक चौधरी, वर्ष ७० का सिताराम चौधरी गम्भीर छन् । उनीहरूलाई उपचारको लागि नोबेल हस्पिटल विराटनगर रेफर गरिएको छ ।

त्यस्तै रौतहट फदुवा विजयपुर ११ बस्ने वर्ष ४५ का कपिलदेव राम चौधरी ,बारा जिल्ला बरागढी –४ बस्ने काशी चौधरी, सोही ठाउँ बस्ने वर्ष ५० का कृष्ण चौधरी, वर्ष ६१ का तुलसी शाह , वर्ष ३६ का लालबाबु चौधरी , वर्ष ५० का नन्दलाल शाह , वर्ष ६० राजवीर चौधरी, वर्ष ४५ का वीरेन्द्र चौधरी, वर्ष ५० का जितेन्द्र चौधरी , वर्ष ५० का वीरेन्द्र धामी, वर्ष ३४ का दिनेश चौधरी, वर्ष २५ का स्वयंवर देवान, वर्ष २५ का सफदा चौधरी, वर्ष १८ का विनोद गछाड, वर्ष १८ का प्रमोद माझी, वर्ष २६ का हिरालाल राम, वर्ष ५८ का रामबोल चौधरी, वर्ष ५८ का अनुथा चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार