२०८३ असार ४ गते , विहीबार
वीरता जेसीजको निर्वाचन रोक्न माग
अवैधानिक ढङ्गले गर्न लागिएको वीरता जेसीजको निर्वाचन रोक्न अध्यक्षका प्रत्याशी दिवाकरलाल चौधरीले माग गरेका छन् । आफूले अध्यक्षका अर्का प्रत्याशी युवराज कुँवरमाथि दाबी विरोध गरेको अवस्थामा त्यसउपर छानबिन नै नगरी निर्वाचन गराउन लागिएको भन्दै उनले निर्वाचन प्रक्रिया रोक्न माग गरेका हुन् । जवर्जस्ती निर्वाचन गराउन लागेपछि चौधरीले आज राति एक प्रेस विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् ।उनले नियमसंगत विपरीत चयन गरिने कार्यसमिति मान्य नहुने चेतावनीसमेत दिएका छन् । वीरता जेसीजको अध्यक्षमा युवराज कुँवर , दिवाकरलाल चौधरी र सुरज चौधरीले उम्मेदवारी दिएका छन् ।