२०८३ असार ६ गते , शनिबार

विगत २० दिनदेखि बेपत्ता झापाका एक व्यक्ति इलाममा मृत भेटिए

sajilo news
झापा
२०८१ फाल्गुन ८ गते , विहीबार
विगत २० दिनदेखि बेपत्ता झापाका एक व्यक्ति इलाममा मृत भेटिए

विगत २० दिनदेखि बेपत्ता भएका झापाका एक व्यक्तिको शव खोल्सामा फेला परेको छ । दमक नगरपालिका-२ बेलडाँगी घर भई हाल इलाम नगरपालिका-४ सिम्ले बस्ने वर्ष अन्दाजी ३६ का राजकुमार भनिने हर्कबहादुर सुब्बाको शव खोल्सामा फेला परेको हो । गत माघ १८ गतेदेखि घरबाट हिँडेका सुब्बा बेपत्ता भएका थिए । घर फर्कि नआएपछि स्थानीयहरुले खोजतलास गर्ने क्रममा आज बिहान ९ः३५ बजे इलाम ४ सिम्लेस्थित नक्कले खोल्सामा उनको शव फेला परेको हो ।

उनी विगत ६ महिनादेखि इलाम-४ सिम्ले बस्ने छिनकुमार सेङ्मीको घरमा बसेर गाउँघरमा काम गर्दै आएका थिए । सुब्बाको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल इलाम पठाइएको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार