हवल्दार अधिकारी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घाेषित गरेका छन् ।
प्रहरी हवल्दार अधिकारीले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा बालिका हत्या घटना छानबिनमा उत्कृष्ट काम गरे बापत उनलाई सर्वोत्कृष्ट प्रहरी घाेषणा गरिएको हाे ।
गत माघ १८ गते मोरङ जिल्ला विराटनगर महानगरपालिका-५ विशाल चौक कलेरुवा टोलका सरयुग मण्डलको नातिनी देश भारत छपरा जिल्ला घर भएकी १४ वर्षीया बालिका २०/२५ दिन अगाडि देखि मावली घर आई बस्दै आएकाेमा उनलाई ८/१० दिन अगाडि देखि नदेखिएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी हवल्दार अधिकारीले उक्त घटनाको सूक्ष्म रूपमा अनुसन्धान गर्ने क्रममा माघ १८ गते बालिकाको शव मावली हजुरवुवाको घर छेउमा खाडल खनी गाडेको अवस्थामा फेला पारी घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।