२०८३ असार ४ गते , विहीबार

भान्साको ओखती बेसार : यस्ता छन् अनेक फाइदा

sajilo news
झापा
२०८१ फाल्गुन ६ गते , मंगलबार
भान्साको ओखती बेसार : यस्ता छन् अनेक फाइदा

बेसार एक स्वास्थ्यवर्धक जडीबुटी हो । यसले शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउँछ । त्यसैले यान्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ । बेसारले मानव शरीरमा लाग्ने धेरै प्रकारको रोग निदान गर्न सक्छ ।

बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । विभिन्न सङ्क्रमणबाट बच्न सकिने हुँदा विशेषज्ञहरू नियमित बेसार सेवन गर्ने सल्लाह दिन्छन् ।

बेसारको सेवनबाट हुने फाइदाहरू:

– बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ ।

– बेसारको नियमित सेवनले स्मरण शक्तिमा वृद्धि गर्छ ।

– लामो समयदेखि ग्यास्ट्रिकका पीडितलाई बेसारको नियमित सेवनले पूर्ण फाइदा पुर्‍याउँछ ।

– यसको सेवनले महिनावारीका बेला हुने पेटको दुखाइ समेत कम हुन्छ ।

– बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्दछ ।

– अनिद्राको समस्यामा बेसार र दूध पिउनु लाभदायक हुन्छ ।

– पोलेको वा घाउचोटमा बेसारको धुलो हालेमा पीडा कम हुनुका साथै निको हुँदै जान्छ ।

– विभिन्न धातुबाट शरीरमा फैलिने विषबाट समेत बेसारले जोगाउँछ ।

– पेट र हड्डीमा हुने सम्पूर्ण समस्यामा बेसारले फाइदा पुर्‍याउँछ ।

– मांसपेशीमा हुने पीडामा पनि बेसारपानीको सेवनले केही हदसम्म कम गर्छ ।

– दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहन्छ ।

– बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ ।

– धेरै पिसाब लाग्ने, पानी तिर्खा बढी लाग्ने भएमा समेत बेसार सेवन उपयोगी हुन्छ ।

– मधुमेहमा बिहान बेलुका १/१ चम्चा शुद्ध बेसारको धूलो पानीसँग खाँदा फाइदा पुर्‍याउँछ ।

– १/१ चिम्टी खाने खयर र बेसार तातोपानीसँग बिहान बेलुका खाए सुख्खा खोकी ठिक हुन्छ।

 

सम्बन्धित समाचार