२०८३ असार ४ गते , विहीबार

सुनसरीमा यात्रुबाहक बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

sajilo news
सुनसरी
२०८१ फाल्गुन ५ गते , सोमबार
सुनसरीमा यात्रुबाहक बसको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

सुनसरीको दुहबीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गंभीर घाइते भएका छन् । आज दिउँसो दुहबी –८ हुलास फ्याक्ट्री अगाडी कोशी राजमार्गमा बिराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ७०२३ नम्बरको बिराटनगर– धरान चल्ने चन्द्रमा यातायात बसले बिपरित दिशाबाट जाँदै गरेको प्र १–०२–०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक इटहरी –५ बस्ने २१ वर्षीय नवराज बुढाथोकी र मोटरसाइकलमा पछाडि सवार उनकी आमा ५० वर्षीया चिनीमाया बुढाथोकी घाइते भएका थिए । दुवैलाई उपचारको लागि बिराट नर्सिङ अस्पताल बिराटनगरमा पठाइएकोमा चिनीमायाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार