२०८३ असार ४ गते , विहीबार
कुम्भमेलाबाट नेपाल फर्किँदै गरेका गाडी दुर्घटना, श्रीमान-श्रीमतीसहित तीन जनाको मृत्यु
भारतको कुम्भमेला गएका रुपन्देहीका तीनजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। कुम्भमेलामा स्नान गरी फर्किँदै गरेका उनीहरूको सवारी दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका-९ का गंगा शर्मा,गणेश खनाल र दिपा खनाल रहेको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिएका छन्। एसपी राठौरका अनुसार मृत्यु हुने गणेश र दिपा श्रीमान -श्रीमती हुन्।
घाइतेहरूको आजमगढस्थित स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि महाराजगञ्ज जिल्ला अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित ८ जना सवार थिए।
रुपन्देहीबाट महाकुम्भ स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएकोमा फर्किँदा ८ जना सवार गाडी आजमगढमा दुर्घटनामा परेको हो।