२०८३ असार ४ गते , विहीबार
अर्जुनधाराको क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु
झापा । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार साँझ पौने ६ बजेको समयमा क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बड्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । प्रहरीले टिपर चालक मोरङ उर्लाबारी नगरपालिका-२ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।