२०८१ चैत्र १४ गते , विहीबार

झापाको कचनकवलमा आगलागी, तीन वटा दमकल पुगे, दुई जना घाइते

sajilo news
झापा
२०८१ फाल्गुन ३ गते , शनिबार
झापाको कचनकवलमा आगलागी, तीन वटा दमकल पुगे, दुई जना घाइते

झापाको कचनकवल –६ कमलबस्तीमा आगलागी भएको छ । आज राति ८ बजेतिर कमल खतिवडाका छोरा चेतन खतिवडाको माथिल्लो तला काठ र तल्लो तला पक्की भएको दुईतले घरमा आगलागी भएको हो । पूजा कोठाबाट अचानक आगो सल्किएको आशङ्का गरिएको छ । आगो निभाउन तीन वटा दमकल तथा सुरक्षाकर्मी खटिएका थिए । 

भद्रपुर , बिर्तामोड र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीय आगो निभाउन पुगेका थिए । यो समाचार तयार पारुन्जेल आगो अझै  नियन्त्रणमा भने आएको छैन । आगो निभाउने क्रममा दुईजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीबाट ठुलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण आउन भने बाँकी छ । 

सम्बन्धित समाचार