२०८३ असार ४ गते , विहीबार

चारआली जंगल अतिक्रमण गरी बनाएका संरचनामा वनको डोजर

sajilo news
झापा
२०८१ फाल्गुन ३ गते , शनिबार
चारआली जंगल अतिक्रमण गरी बनाएका संरचनामा वनको डोजर

झापाको मेचीनगर नगरपालिका–१३ चारआलीको जंगल अतिक्रमण गरेर निर्मित संरचना हटाउन थालिएको छ । जिल्ला वन कार्यालय झापाको सक्रियतामा जंगल अतिक्रमण गरेर निर्माण गरिएका २४ वटा संरचना हटाउन थालिएको हो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढाथोकी लगायतको उपस्थितिमा वनक्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन थालिएको हो ।

वनक्षेत्रमा निर्माण गरिएका संरचना हटाउन वन कार्यालयले पटक पटक अनुरोध गर्दासमेत उनीहरू अटेर गरेर बसेका थिए । पछिल्लो समय ३५ दिने सूचना प्रकाशन गरेर हट्न भने पनि प्रगति नमुना सामुदायिक वनको त्यस स्थानमा बसोबास गर्दै आएकाहरूले अटेर गरेका थिए । सुरक्षा बलको सहयोगमा अहिलेदेखि उनीहरूलाई हटाउन थालिएको डिभिजन वन कार्यालय झापाका प्रमुख राईले जानकारी दिए ।

सम्बन्धित समाचार