२०८३ असार ४ गते , विहीबार

सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

sajilo news
सुनसरी
२०८१ फाल्गुन ३ गते , शनिबार
सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरीको धरान-१८ मा सिटी सफारीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो साढे १० बजे प्र १-०२-००३ ह ८७२९ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई पैदल यात्री धरान- १६ का ५९ वर्षीय सुवास खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने सिटी चालक सङ्खुवासभा घर भई हाल धरान- ९ मा बस्दै आएका २१ वर्षीय किरण खड्कालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार