२०८३ असार ४ गते , विहीबार

२०८२ सालमा दुईवटा चन्द्रग्रहण

sajilo news
झापा
२०८१ फाल्गुन ३ गते , शनिबार
२०८२ सालमा दुईवटा चन्द्रग्रहण

आगामी वर्ष २०८२ मा दुईपटक चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृतिप्राप्त पात्रोहरूका अनुसार भदौ २२ गते र  २०८२ फागुन १९ गते ग्रहण लाग्ने भएको हो। भदौ २२ आइतबार भाद्रशुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्नेछ। आइतबार रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, रात्रि ११ बजेर १५ मिनेटमा सम्मिलन, रात्रि ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन हुनेछ। राति १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ। 

यो ग्रहण नेपाल र भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ। यस्तै २०८२ फागुन १९ गते मंगलबार अर्थात् फाल्गुण शुक्ल पूर्णिमामा ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास हुनेछ।  काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिनेछ। राति ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ।  चन्द्रग्रहण पूर्णिमाका दिन लाग्छ।

चन्द्रग्रहणमा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।

सम्बन्धित समाचार