२०८३ बैशाख २३ गते , बुधबार

झापाका एक युवक लागूऔषधसहित विराटनगरमा पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २ गते , शुक्रबार
झापाका एक युवक लागूऔषधसहित विराटनगरमा पक्राउ

झापा बिर्तामोडका एक युवक लागू औषधसहित विराटनगरमा पक्राउ परेका छन् । हिजो दिउँसो विराटनगर–१५ बाट ब्राउन सुगरसहित बिर्तामोड–६ का १८ वर्षीय रोहित राजवंशी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री राजवंशीको साथबाट १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार