२०८३ असार ४ गते , विहीबार

आज १४ फेब्रअरी, प्रणय दिवस

sajilo news
झापा
२०८१ फाल्गुन २ गते , शुक्रबार
आज १४ फेब्रअरी, प्रणय दिवस

आज फेब्रअरी १४, अर्थात प्रणय दिवस। एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ। 

यो दिवस अहिले विश्वभर मनाइन्छ। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रअरीमा प्रणय दिवस मनाउन थालिएको हो। 

पछिल्ला वर्षहरुमा नेपालमा पनि यो दिवस युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ। गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज गुलावको फुल किन्ने पनि भिड लाग्ने गर्दछ।

सम्बन्धित समाचार