२०८३ असार ४ गते , विहीबार

ढोकामा लडेर इलाममा एकजनाको मृत्यु

sajilo news
इलाम
२०८१ फाल्गुन १ गते , विहीबार
ढोकामा लडेर इलाममा एकजनाको मृत्यु

अर्काको घरमा चिया खाएर बाहिर निस्कने क्रममा ढोकामा लडेर इलाममा एकजनाको मृत्यु भएको छ । आज दिउँसो १.३० बजे इलामको रोङ– २ चैनपुरस्थित प्रमीला राईको घरमा सोही ठाउँ बस्ने अन्दाजी ६२ वर्षीय दलबहादुर गजमेर गएका थिए ।

चिया खाई प्रमीला राईको घरबाट बाहिर निस्कने क्रममा गजमेर अचानक घरको ढोकामा लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोस्ट बर्फल्याङमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको जनाइएको छ ।

सम्बन्धित समाचार