२०८३ असार ४ गते , विहीबार
इलाममा आगलागी, आठ लाख बराबरको क्षति
इलाममा भएको आगलागीबाट आठ लाख बराबरको क्षति भएको छ । गएराति ८ः३० बजे इलाम नगरपालिका– ३ बेतेनी बस्ने जयवीर राईको टिनको छानो ,काठको बेरा लगाएको एकतले भान्सा घरमा बिद्युतको लाइन सर्ट भई आगलागी भएको हो । आगलागीबाट भान्सा घर, भाडा वर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी मूल्य आठ लाख बराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।