२०८१ चैत्र १४ गते , विहीबार
पुरानो रिसिबीका कारण सुनसरीका भगतमाथि गोली प्रहार

पुरानो रिसिबीका कारण सुनसरी देवानगंजका ५५ वर्षीय शैलेस भगतमाथि गोली प्रहार भएको छ । गएराति १२.१०बजे देवानगंज ३ पाँचौसिमर बस्ने अन्दाजी ४५ वर्षीय अरविन्द यादवसहित २–३ जनाको समूहले भगतलाई छोटो कटुवा पेस्तोलबाट घाँटीमा गोली हानी फरार भएका हुन् । घाइतेलाई उपचारको लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । सामान्य चोट लागेको हुँदा उनी बिहान डिस्चार्ज भएका छन् । गोली हान्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।