२०८३ असार ४ गते , विहीबार

मःम पसलमा सिलिन्डर विस्फोट:घाइतेमध्ये दुई जनाको मृत्यु

sajilo news
झापा
२०८१ माघ २९ गते , मंगलबार
मःम पसलमा सिलिन्डर विस्फोट:घाइतेमध्ये दुई जनाको मृत्यु

काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मकवानपुरको मनहरि गाउँपालिका–५ का १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ का २५ वर्षीयका भीमबहादुर घले मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गएको बिहीबार बिहान मःम पसलको ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । तीमध्ये ११ जना घाइतेको उपचार भइरहेकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार