२०८३ असार ४ गते , विहीबार
अनेम संघ झापाको अध्यक्षमा लीला
अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा लीला ढुंगेल दाहाल निर्विरोध निर्वाचित भएकी छिन् । अनेम संघ झापाको शनिवारबाट सुरु भएको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयन पत्र दर्ताका क्रममा पदाधिकारीहरूमा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भएपछि दाहाल निर्विरोध निर्वाचित भइन् ,
कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं कोपिला, सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।