२०८३ असार ४ गते , विहीबार

विद्यार्थी बोकेको बस दुर्घटना, दुई जनाको मृत्यु

sajilo news
काठमाडौं
२०८१ माघ २७ गते , आईतबार
विद्यार्थी बोकेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँको दक्षिणकालीमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना भएको छ।   मृत्यु हुनेमा चालक रामकृष्ण मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको रहेका छन्। 

बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। दक्षिणकादी नगरपालिका–३ फर्पिङमा आज दिउँदो ४ बजेको समयमा उक्त दुर्घटना भएको हो। बसका ५० जना जति विद्यार्थी सवार रहेको बताइएको र विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार