२०८३ असार ४ गते , विहीबार

रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर मेचीनगरमा एक जनाको मृत्यु

sajilo news
झापा
२०८१ माघ २७ गते , आईतबार
रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर मेचीनगरमा एक जनाको मृत्यु

रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर मेचीनगरमा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान १०ः३० बजे मेचीनगर नगरपालिका ५ स्थित नकलबन्दा टी–इस्टेटमा २६ वर्षीय सिताराम उराउ र सोही ठाउँ बस्ने २३ वर्षीय सिलास उराउले बगानमा रहेको पिपलको हाँगा काटिरहेका थिए । त्यसक्रममा रुखको हाँगा बिजुलीको पोलमा लागेर करेन्ट नभएको बिजुलीको पोल ढलेको थियो ।

उक्त पोलमा रहेको तारले काममा लगाउने सोही ठाउँ बस्ने ५८ वर्षीय मंगले सार्कीको टाउकोमा चोट लागेको थियो । घाइते सार्कीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा उपचारको क्रममा बिहान ११ः१५ बजे मृत्यु भएको हो । रुखको हाँगा काट्ने दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए ।

सम्बन्धित समाचार