२०८३ असार ४ गते , विहीबार

सल्यान महोत्सवमा आगलागी, ८० स्टल जल्दा ८ करोड बढीको क्षति

sajilo news
झापा
२०८१ माघ २७ गते , आईतबार
सल्यान महोत्सवमा आगलागी, ८० स्टल जल्दा ८ करोड बढीको क्षति

सल्यानमा महोत्सवमा आगलागी भएको छ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।

आठ दिनदेखि जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा करोडौँ मुल्य बराबरको सामान जलेर नष्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राति आगलागी हुँदा करोडौँ मुल्य बढीको सामान जलेर नष्ट भएको हो। 

महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजनी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए।  उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको हो । आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार क्षतिको विवरण आउन र आगो कसरी लागेकोबारे अनुसन्धान भइरहेको छ। 

सम्बन्धित समाचार