२०८१ चैत्र १४ गते , विहीबार

विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु

sajilo news
मोरङ
२०८१ माघ २६ गते , शनिबार
विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु

विराटनगरमा शनिबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।  मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१० सोमबारे चोकमा दिउँसो १:३० बजेतिर दुर्घटना भएको हो। 

विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १–०२–०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको लम्सालले बताए। दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको उनले बताए। मृतक राजवंशी जहदाको भए पनि उनको वडा खुलेको छैन। 

दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी इन्स्पेक्टर लम्सालले दिए। दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–४ का अन्दाजी १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन्। 

दुवै जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र स्कुटरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित समाचार