२०८१ माघ २७ गते , आईतबार

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय

sajilo news
झापा
२०८१ माघ २२ गते , मंगलबार
उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय

सरकारले काठमाडौँ उपत्यकाका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमवारको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरका मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

'काठमाडौँ उपत्यकामा मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने', मन्त्रिपरिषद्‍ निर्णयमा भनिएको छ।

 

 

 

सम्बन्धित समाचार