२०८३ असार ४ गते , विहीबार

'नो केबलकार' समूहद्वारा तीनवटा गाडी तोडफोड

sajilo news
झापा
२०८१ माघ २१ गते , सोमबार
'नो केबलकार' समूहद्वारा तीनवटा गाडी तोडफोड

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोधमा आन्दोलित बन्दकर्ताहरुले तीन वटा सवारी साधनमा तोडफोड गरेका छन् । झापामा एउटा र इलाममा दुई वटा सवारी साधनमा उनीहरूले तोडफोड गरेका हुन् । आज दिउँसो करिब २ः३० बजे झापाको कमल.–४ सितापुरीस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको मितेरी यातायातको बसलाई दुई वटा मोटरसाइकलमा आएका ३÷४ जना बन्दकर्ताहरुले ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा प्रहारबाट बसको अगाडिको सिसामा एउटा प्वाल परेको छ ।

उता आज दिउँसो ३.२५ बजे इलाम माङसेबुङ गाउँपालिका ३ दोभानस्थित भित्री सडक खण्डमा पाँचथरको रविबाट भित्री बाटो टोड्के– कुसुन्डे हुँदै झापातर्फ आउँदै गरेको मे १ ज १३६४ र मे.१ ज ३३०५ नम्बरको बोलेरो गाडीलाई अन्दाजी १०–१२ जनाको सङ्ख्यामा मोटरसाइकलमा आएका बन्दकर्ताहरुले रोकेर दुवै गाडीको सबै सिसा फुटाएका छन् । घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी पञ्चमीबजार बाँझोबाट प्रहरी टोली खटिएको र बन्धकर्ताहरू झापातर्फ आएको बताइएको छ ।

सम्बन्धित समाचार