२०८३ असार ४ गते , विहीबार

पाथीभरामा केबलकार सरकारले जबरजस्ती बनाउनु हुँदैन : जगतगुरु देवाचार्य

sajilo news
झापा
२०८१ माघ २१ गते , सोमबार
पाथीभरामा केबलकार सरकारले जबरजस्ती बनाउनु हुँदैन : जगतगुरु देवाचार्य

नेपालका प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यले ताप्लेजुङको पाथीभरा क्षेत्रमा सरकारले जबरजस्ती केबलकार बनाउन नहुने बताएका छन् ।

बिर्तामोड ५ स्थित गायत्री माता मन्दिरमा आयोजित अनुष्ठानमा प्रवचनका लागि आएका जगतगुरुले आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनताले नचाहेको विषय सरकारले छुन नहुने प्रतिक्रिया दिएका हुन् ।‘ जनताले चाहँदा विकास गर्नुपर्छ ’ उनले भने ,‘ जनताको रुचि नै नभएको काममा सरकारले जवर्जस्ती गर्नु हुँदैन । ’

जनताको आस्था र धरोहरलाई सरकारले चलाउन नहुने उनको भनाई थियो । जनताले गर्ने विषय नै ग्राह्य हुनुपर्ने जगतगुरु देवाचार्यले बताए । उनले नेपालको विभिन्न ठाउँमा भइरहेको गौहत्याप्रतिको विशाल कुकर्मलाई रोक्न सबैलाई आव्हान गरे ।

पत्रकार सम्मेलनमा आचार्य प. लक्ष्मीप्रसाद खतिवडा , आचार्य नन्दकिशोर भारद्वाजको पनि उपस्थिति रहेको थियो । माघ १७ गते गायत्री माताको मन्दिरमा सुरु भएको धार्मिक कार्यक्रमअन्तर्गत प्रवचनका लागि हिजो साँझ जगतगुरु आएका थिए । उनको प्रवचन सुन्नका लागि हजारौँ भक्तजन उपस्थित रहेका थिए ।

सम्बन्धित समाचार