२०८३ असार ४ गते , विहीबार

काँकडभिट्टामा इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद

sajilo news
झापा
२०८१ माघ २१ गते , सोमबार
काँकडभिट्टामा इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद

झापा । झापाको काँकडभिट्टामा भन्सार छलीका इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाइछिपाई ल्याउँदै वडोमस नामक मदिरा ९० बोतल,  १२ भोल्टको ब्याट्री थान ४ र इन्भर्टर थान ३ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बसपार्कबाट बरामद गरेको हो । अन्दाजी ३ लाख ३५ हजार मुल्य बराबरको सो सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा  बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार