२०८३ असार ४ गते , विहीबार
बिर्तामोडका बिन्दलको घरमा आगलागी, घरका सदस्य महाकुम्भ मेलामा
घरका सम्पूर्ण सदस्य भारत कुम्भमेलामा गएको अवस्थामा झापा बिर्तामोडका पप्पु बिन्दलको घरमा आगलागी भएको छ । आज साँझ अन्दाजी ७ः३० बजे बिर्तामोड ५ शनिश्चरे रोडमा रहेको बिन्दलको घरमा कोही नभएको अवस्थामा घरको पूजा कोठाबाट आगो सल्किएको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोली र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ । घरमा परिवारका सदस्य कोही नभएका कारण क्षतिको विवरण नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।