२०८३ असार ४ गते , विहीबार
पाथीभारा दर्शन गर्न पुगेका अलपत्र ३९ तीर्थयात्रीको उद्धार
केबलकार निर्माण खारेजीको मागसहित आन्दोलनमा उत्रिएको समूहले आयोजना गरेको ताप्लेजुङ बन्दका कारण अलपत्र परेका ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजङ्घा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बलले अलपत्र तीर्थयात्रीको गुल्म परिसरमा स्वास्थ्य जाँचसमेत गरेर गन्तव्यमा पठाएको हो।