२०८३ असार ४ गते , विहीबार

सभामुख घिमिरेले लिए राष्ट्रिय परिचयपत्र

sajilo news
झापा
२०८१ माघ १६ गते , बुधबार
सभामुख घिमिरेले लिए राष्ट्रिय परिचयपत्र

भद्रपुर । सभामुख देवराज घिमिरेले राष्ट्रिय परिचय पत्र लिएका छन् । सभामुख घिमिरेले बुधबार जिल्ला प्रशासन कार्यालय झापामा पुगेर परिचय पत्र लिएका हुन् । सभामुखको घर झापा अर्जुनधारा भएकोले उनी झापाबाट परिचय पत्र लिएको जनाइएको छ । 

परिचय पत्र लिनुका साथै सभामुखले जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै उत्कृष्ट कार्य गर्न कर्मचारीहरुलाई सुझाव समेत दिएको प्रशासनका कर्मचारी यदु दाहालले जानकारी दिए । आज सार्वजनिक बिदा भए पनि प्रशासन कार्यालयले सेवा प्रदान गरेका थिए । 

सम्बन्धित समाचार