२०८३ असार ४ गते , विहीबार

दमकमा बुबाको शङ्कास्पद मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

sajilo news
झापा
२०८१ माघ १६ गते , बुधबार
दमकमा बुबाको शङ्कास्पद मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

झापाको दमकमा बुबाको शङ्कास्पद मृत्यु भएपछि छोरालाई प्रहरीले पक्राउ गरेको छ । दमक-१० परेवाडाँगीका अन्दाजी ५८ वर्षीय डेनी बर्देवाको मृत्यु शङ्कास्पद भएको भन्दै मृतकका छोरा ३२ वर्षीय नवीन बर्देवालाई अनुसन्धानका लागि दमक प्रहरीले नियन्त्रणमा लिएको हो ।

घर अगाडि नालीमा अचेत अवस्थामा भेटिएका बर्देवालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । बर्देवाको सो अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो । तर उनलाई परिवारले आर्थिक कारण देखाएर घरमै लिएर आएका थिए । उनको आज दिउँसो घरमै मृत्यु भएको हो ।

गएराति मादक पदार्थ सेवन गरेर बुबा-छोराबिच झगडा भएको र छोराले हात हालेको बुझिएपछि अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।

सम्बन्धित समाचार