२०८३ असार ४ गते , विहीबार

बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

sajilo news
झापा
२०८१ माघ १६ गते , बुधबार
बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते

झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । गएराति ९ः४५ बजे बिर्तामोड– ५ किरात चोकमा सिटी सेन्टरबाट किरात चोकतर्फ जाँदै गरेको मे ७ प ७०८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१४ प १५३८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मे ७ प ७०८९ नम्बरको मोटरसाइकलका चालक ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ का २६ वर्षीय कुसुम गौतम र प्र १–०१–०१४ प १५३८ नम्बरको मोटरसाइकलका चालक बिर्तामोड नगरपालिका-५ बस्ने ३० वर्षीय मणि मगर घाइते भएका हुन् । गौतमको बीएण्डसी अस्पताल र मगरको कनकाई अस्पतालमा उपचार भइरहेको छ । दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार