२०८३ असार ४ गते , विहीबार

झापाको बाह्रदशीमा आगलागी, एउटा घर जलेर नष्ट

sajilo news
झापा
२०८१ माघ १५ गते , मंगलबार
झापाको बाह्रदशीमा आगलागी, एउटा घर जलेर नष्ट

झापाको बाह्रदशीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आज दिउँसो ३.१५ बजे बाह्रदशी गाउँपालिका-७ डाँडागाउँ बस्ने सुशील बास्कीको फुसको छानो भएको एकतले भान्सा घरको चुल्होबाट अचानक आगलागी भएको थियो । भान्सा घरसंगै फुसको छानो भएको एकतले मूल घरसमेत आगलागीबाट जलेर नष्ट भएको छ । आगलागीबाट नगद रु.७ हजार , लत्ताकपडा, अन्नपात गरी जम्मा १ लाख बराबरको धनमाल क्षति भएको बिर्तामोड प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार