२०८१ चैत्र १४ गते , विहीबार
सहचालक बसभित्र मृत भेटिए

उदयपुरको कटारी नगरपालिका –३ कटारी बसपार्कमा सहचालक बसभित्र मृत फेला परेका छन् । हिजो बिहान ५ः५० बजे ३ कटारी बसपार्कमा कटारीदेखि जनकपुर चल्ने ना ३ ख ७९०६ नम्बरको रामजानकी वासुदेव बसभित्र सोही बसका सहचालक सिराहा कर्जन्हा –४ भुल्के बस्ने ३० वर्षीय रोशन तामाङ बसको ढोका लगाई सिटमा मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको जनाइएको छ ।