२०८२ कार्तिक २३ गते , आईतबार
खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक वृद्धको मृत्यु
तेह्रथुमको छथर गाउँपालिकामा खानेपानी ट्यांकीको खाल्डोमा डुबेर एक वृद्धको मृत्यु भएको छ । आज बिहान ११.४५ बजे छथर गाउँपालिका-४ परेवाखोप बस्ने ७१ वर्षीय लोकमान लिम्बूको सोही ठाउँमा रहेको परेवाखोपको पहरे खानेपानी ट्यांकीको गेटबल छेउमा सिमेन्टले ढलान गरेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
स्थानीयले टेलिफोनमार्फत अस्थायी प्रहरी पोस्ट शनिश्चरेमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट टोली गएको जनाइएको छ ।