२०८३ असार ५ गते , शुक्रबार

भद्रपुरमा ६ हजार २५३ पशुको निःशुल्क स्वास्थ्य जाँच

sajilo news
झापा
२०८१ माघ १३ गते , आईतबार
भद्रपुरमा ६ हजार २५३ पशुको निःशुल्क स्वास्थ्य जाँच

भद्रपुरमा ६ हजार २५३ पशुको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले आयोजना गरेको निःशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविरमा गाई गोरु, भैसी रागा, सुँगुर, कुकुर, बाख्रा, कुखुरा लगायत गरी ६ हजार २५३ पशुको निःशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिएको पशु शाखाका प्राविधिक द्रोणबहादुर रेश्मीले जानकारी दिए । पशु शाखाले वडा नम्बर १, २, ३, ४ र ९ मा शिविर सञ्चालन गरेको थियो ।

शिविरमा पशुहरूको स्वास्थ्य परीक्षण गरी रोग पहिचान, रोगविरुद्ध खोप, निःशुल्क औषधि, किसानहरूलाई पशुपालन सम्बन्धी विभिन्न जानकारी तथा परामर्श सेवा उपलब्ध गराइएको उनको भनाई छ । शिविरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापाका पशु चिकित्सकहरू सुजन राई र सुनिल आचार्यले सहजीकरण गरेका थिए । 

 शिविरमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की लगायत सम्बन्धित वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख पोखरेलले घर पालुवा तथा कृषि फर्म रहेका पशुहरूको स्वास्थ्य अवस्था बुझ्न र औषधि उपचार गराउन यो शिविर फलदायी साबित भएको बताए । आगामी बर्सहरूमा पनि यो शिविरलाई निरन्तरता दिने उनको भनाई छ । 

सम्बन्धित समाचार