२०८३ असार ५ गते , शुक्रबार

सशस्त्र प्रहरीका ९० जना एसपीको सरुवा, झापामा भण्डारी आउँदै

sajilo news
झापा
२०८१ माघ १३ गते , आईतबार
सशस्त्र प्रहरीका ९० जना एसपीको सरुवा, झापामा भण्डारी आउँदै

९० जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को एकै पटक सरुवा गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले जारी गरेको विज्ञप्तिअनुसार प्रशासनिक दृष्टिकोण एवं आवश्यकताअनुसार उनीहरूको सरुवा गरिएको हो। सरुवा गरिएका सशस्त्रका ९० एसपीलाई २०८१ फागुन १ देखि सरुवा गरिएको कार्यालयबाट तलबभत्ता तथा रासन पाउने व्यवस्था गरिएको छ। 

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ९० एसपीलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भएबमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) अनुसार सशस्त्र प्रहरी महानिरीक्षकले माघ १० गते गरेको निर्णयअनुसार सरुवा गरिएको सशस्त्र प्रहरीले बलले जनाएको छ।

यता सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा हेडक्वाटरका एसपी कवीन्द्र राईको सरुवा भएको छ । उनको ठाउँमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट एसपी तुलबहादुर भण्डारी आउन लागेका हुन् । एसपी राईको मानव स्रोत विभागमा सरुवा भएको जनाइएको छ । 

 

हेर्नुहोस् सरुवा सूची-

सम्बन्धित समाचार