निजामती कर्मचारी संगठन मोरङको अध्यक्षमा कोइराला निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौँ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए ।
समितिको उपाध्यक्षमा नरहरि निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङ्गेल , सह–सचिव ममता कोइराला र कोषाध्यक्ष पुरुषोत्तम पौडेल निर्वाचित भएका छ । त्यस्तै सदस्यहरूमा अनिल दाहाल, विप्लव चौलागाईँ , रेवतीराम रोक्का , वविता राई , शिवशङ्कर मेहता , हरि सुवेदी , प्राणनाथ दाहाल , मनोज ढकाल , खुमा अधिकारी , चन्द्रकला सापकोटा , सुनिता पौडेल , अनिल गिरी , कृष्णप्रसाद भट्टराई निर्वाचित भएका छन् ।
साथै लेखा आयोग संयोजक मा चन्द्रमणि लुइँटेल एवम् लेखा सदस्यमा तीर्थ गुरागाईँ , श्याम तिम्सिना रहेका छन । केन्द्रीय प्रतिनिधिमा रमेश खतिवडा , मोहनलाल मेहता , यामनाथ बराल , राजु पोखरेल , मुना दाहाल , रोहित पौडेल र प्रदेश प्रतिनिधिमा हरि प्रसाद सुवेदी , जानकी प्रसाद अधिकारी , सरण कुमार गजमेर , सुधिरा न्यौपाने ,नन्दकिशोर काफले , पशुपति घिमिरे , चूडामणि रिजाल , भानु गुरागाईँ , लुकनाथ पोखरेल , हेमसागर पोखरेल , जय प्रसाद काफले निर्वाचित भएका छन ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उप– महासचिव रामचन्द्र अधिकारी कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने नेपाल कर्मचारी संगठन का निवर्तमान महासचिव जीवन काफले , नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्की लगायतका विशिष्ट अतिथिहरूले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । विधानअनुसार समितिको अवधि तीन वर्षे हुनेछ ।