२०८३ असार ५ गते , शुक्रबार

कवाडी टिप्नेहरुबीचको विवाद, कुटपिटबाट एकजनाको मृत्यु

sajilo news
सुनसरी
२०८१ माघ १२ गते , शनिबार
कवाडी टिप्नेहरुबीचको विवाद, कुटपिटबाट एकजनाको मृत्यु

सुनसरीको इटहरीमा कवाडी टिप्नेहरूबिच विवाद हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । गत पुस २९ गते कुटपिटबाट घाइते भएका ३६ वर्षीय टोपबहादुर परियारको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । पुस २९ गते बिहान ९ बजे इटहरी– ४ टेग्रा खोलानजिक तत्काल वतन नखुलेको सडकमा कवाडी बटुली हिँड्ने परियारलाई कवाडीकै काम गर्ने १८ वर्षीय प्रदीप चौधरीले कुटपिट गरेका थिए ।

टाउको र आँखामा चोट लागेर घाइते भएका परियारलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरान लगिएको थियो । कुटपिट गर्ने चौधरीलाई इटहरी ६ हटिया लाइनमा फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार