२०८३ असार ५ गते , शुक्रबार

विवाह गर्न भन्दै घरबाट भागेका प्रेमी-प्रेमिका नै मृत भेटिएपछि...

sajilo news
झापा
२०८१ माघ १२ गते , शनिबार
विवाह गर्न भन्दै घरबाट भागेका प्रेमी-प्रेमिका नै मृत भेटिएपछि...

रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्।  जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए। 

उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको बताए। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए। 

लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ। 

 

सम्बन्धित समाचार