नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवामा सिफारिस
नेपाल प्रहरीमा कार्यरत ३७ जना डीएसपीहरू एसपीमा बढुवा सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी उपरीक्षक पदमा बढुवाका लागि नाम प्रहरी नियमावलीअनुसार प्रकाशित गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।
पत्रमा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी उपरीक्षक पद संख्या ३७ (सैतीस ) मा बढुवा गर्न मिति २०८१।१०।११ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी उपरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।’
बढुवा सिफारिस सूचीमा एक नम्बरमा डीएसपी कुलदीप चन्दको नाम रहेको छ । त्यसपछि क्रमशः सुमित खड्का, ठाकुर प्रसाद पोखरेलको बढुवा सिफारिस भएको छ । ३७ औं नम्बरमा रुगम बहादुर कुँवर रहेका छन्।


