२०८३ असार ५ गते , शुक्रबार
इलाममा इस्कुसको झ्याङमुनि बालिका मृत भेटिइन्
इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला परेकी छन् । माङसेबुङ तोभाङ घर भई हाल माङसेबुङ– १ देउरालीस्थित मामा घरमा बस्दै आएकी सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राई गएराति ९.१० बजे मलामी घरबाट सय मिटर पूर्वमा रहेको इस्कुसको झ्याङ मुनि मृत अवस्थामा फेला परेकी हुन् । घटनाको अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको जनाइएको छ ।