२०८३ असार ५ गते , शुक्रबार

महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो

sajilo news
झापा
२०८१ माघ १२ गते , शनिबार
महाराष्ट्र रेल दुर्घटनामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।  मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । उनीहरू४३ वर्षीया कमला नवीन भण्डारी  ४० वर्षीय लछिराम पासी हुन् । यस्तै अछामका चार जनाको निधन भएको छ । ४४ वर्षीय नन्दराम पद्य विश्वकर्मा  ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, ११ वर्षीय हिन्दुराम विश्वकर्मा, र ६ वर्षीया कला कामी छन् । बाँकेका ३२ वर्षीय राधेश्याम राधको निधन भएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ। 

मृत्यु भएका नेपालीको शव ल्याउन तथा घाइतेको शीघ्र उपचारका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाइएको छ।माघ ९ गते साँझ ५ बजेतिर भारतको महाराष्ट्र राज्य, जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै रेल दुर्घटना भएको थियो। 

सम्बन्धित समाचार