२०८३ असार ५ गते , शुक्रबार
झापामा ट्याक्टरको ठक्करबाट साइकलमा सवार महिला घाइते
झापा गाउँपालिका-६ तल्लो चप्रामारीस्थित कटेज चोकमा ट्याक्टरको ठक्करबाट एक महिला साइकल यात्री गम्भीर घाइते भएकी छन् ।शुक्रबार बिहान करिब ८ः३० बजे सुरुङ्गाबाट शरणामतितर्फ जाँदै गरेको मे १ त ३९२९ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेकी साइकल यात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी कनकाई नगरपालिका ६ बस्ने ३६ वर्षीया कालामई टुडू गम्भीर घाइते भएकी हुन्। घाइतेलाई स्थानीयले उद्धार गरी उपचारको लागि सुरुङ्गा पठाएका छन् । सिमेन्ट बोकेर जाँदै गरेको ट्याक्टर तीव्र गतिका कारण अनियन्त्रित भई साइकललाई ठक्कर दिन पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् ।