२०८३ असार ५ गते , शुक्रबार

आजको मौसम : तराईमा हुस्सु, पहाडमा हिमपात

sajilo news
झापा
२०८१ माघ ११ गते , शुक्रबार
आजको मौसम : तराईमा हुस्सु, पहाडमा हिमपात

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम  सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

तराईका धेरै  भागमा अहिले हुस्सु लागेको महाशाखाले जनाएको छ। आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः त्यो हराउँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी २४ घण्टामा  कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  

सम्बन्धित समाचार