२०८३ असार ५ गते , शुक्रबार

कार र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

sajilo news
काठमाडौं
२०८१ माघ १० गते , विहीबार
कार र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा  एक महिलाको मृत्यु भएको छ।  दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकराी दिए। 

मध्यपुरथिमि नगरपालिका–२ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनी अगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बाप्र ०१–०२७ च ९२७ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको बा–५० प– ७४१ नम्बरको मोटरसाइकलले गत सोमबार ठक्कर दिएको थियो।

श्रीमती र तीन वर्षीय छोरीलाई पछाडि राखेर राजुले नै उक्त मोटरसाइकल कुदाइरहेका थिए। दुर्घटनापछि घाइते भएकी श्रीमती राईलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पुर्‍याइएको थियो। उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए। 

दुर्घटनामा घाइते छोरी ईश्वरी राई भने डिस्चार्ज भएकी छन्। प्रहरीले कार चालक बुढानीलकण्ठ–४ का कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार