२०८१ माघ २७ गते , आईतबार

झापाका एसपी मिलन केसी काठमाडौंमा सम्मानित

sajilo news
झापा
२०८१ माघ ९ गते , बुधबार
झापाका एसपी मिलन केसी काठमाडौंमा सम्मानित

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी काठमाडौंमा सम्मानित भएका छन् । २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी उपरीक्षक केसीलाई सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्यालले केसीलाई सम्मान गरेका हुन् ।

अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेशन’को प्रमाण पत्र प्रदान गरेका थिए । सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न कोणबाट सहयोग, समन्वय र सहकार्य गरेकोमा उच्च मूल्याङ्कन गर्दै केसीलाई उक्त सम्मान गरिएको छ ।

प्रहरी उपरीक्षक केसी एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेका छन् । उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरेर शान्ति सुरक्षा कायम गरिरहेका छन् ।

सम्बन्धित समाचार